घण्टी नपाउने भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी चुनाव चिन्हको खोजीमा


१७ असार २०७९, शुक्रबार १५:१२ मा प्रकाशित

रवि लामिछानेको नेतृत्वमा घोषित राष्ट्रिय स्वतन्त्र पार्टीले चुनाव ‘घण्टी’को विकल्प बारे छलफल थालेको छ । स्वतन्त्र पार्र्टीका प्रवक्ता डा.मुकुल ढकालले घण्टीको विकल्प सोचेको बताउनु भयो ।

घण्टी चुनाव चिन्ह राष्ट्रवादी पार्र्टीका नाममा दर्ता भएको थियो । उक्त पार्टी २०७८ मंसिर ३० गते नेपाल सद्भावना पार्टीमा गाभिएपछि घण्टी चुनाव चिन्ह अहिले फ्रिज हुने प्रक्रियामा छ ।

निर्वाचन आयोगले ‘घण्ट’ चिह्न फ्रिज गरेको १ वर्ष समय नपुगेका कारण राष्ट्रिय स्वतन्त्र पार्टीले पाउने सम्भवाना न्यून देखिएसी चुनाव चिन्हको विकल्पको खोज गरीएको हो ।

राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ७ को प्रावधानअनुसार ‘दल एकीकरण भएको वा गाभिएकोमा एकीकरण हुनु वा गाभिनुअघि त्यस्ता दलले प्रयोग गरेको नाम, झण्डा वा चिह्न एकीकरण भएको वा गाभिएको मितिले १ वर्षसम्म कसैले पनि प्रयोग गर्न सक्ने छैन’ भन्ने व्यवस्था छ ।

आयोगले घण्टीको विकल्पमा चुनाव चिन्ह पेस गर्ने भनेको अवस्थामा हामीसँग विकल्प छन् ।’ तर अहिले नै विकल्प यो हो भनेर सार्वजनिक गर्ने पक्षमा नरहेको प्रवक्ता ढकालको भनाई छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here