कानुनी शिक्षालाई गुणस्तरीय र प्रतिस्पर्धी बनाउदै लैजानुपर्नेमा राष्ट्रपतिको जोड


१७ असार २०७९, शुक्रबार १५:१३ मा प्रकाशित

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले कानुनी शिक्षालाई गुणस्तरीय र प्रतिस्पर्धी बनाउदै लैजानुपर्नेमा जोड दिनुभएको छ ।

नेपाल ल क्याम्पसको स्थापना दिवसका अवसरमा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीले कानुनी शिक्षा नै कानुनी शासन स्थापनाको मुख्य आधार भएको भन्दै गुणस्तरीय र प्रतिस्पर्धी बनाउदै लैजानुपर्नेमा जोड दिनुभएको हो । उहाँले व्यहारिक जिवनमा कानूनले सामान्य मागदर्शन गर्न सक्ने भएपनि सार्वजनिक, सामाजिक र राजनीतिक व्यहारको उचाई नैतिकताले मात्र कायम राख्न सक्ने जिकिर गर्नुभयो ।

विश्वबिद्यालयका प्राध्यापकहरुले मुलुकमा भइरहेको संवैधानिक एवं कानूनी अभ्यासका क्रममा देखिने बिचलनहरुका बारेमा समेत प्राज्ञिक बिमर्शमार्फत कानून तर्जुमा, न्याय निरुपण र कार्यान्वयनसंग सम्बन्धीत निकायहरुलाई निगरानीका साथै पृष्ठपोषण समेत गर्नुपर्नेमा उहाले जोड दिनुभयो ।

त्यस्तै सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले न्यायालयमा धेरै सुधारका कुरा आइरहेको भन्दै यसलाई सुधारको क्रममा अघि बढिरहेको जानकारी दिनुभयो । सर्वोच्चका न्यायधिश हरिकृष्ण कार्कीको प्रतिवेदनलाई पनि कार्यान्वयन गर्दै अघि बढिरहेको उहाको भनाइ छ । न्यायपालिकामा पहिले पनि समस्या रहेको र अहिले पनि समस्या रहेको भन्दै उहाले न्यायपालीकाले कामै गर्न सक्दैन भन्ने कुरा असत्य रहेको उहाले बताउनुभयो ।

त्यस्तै संविधानसभा अध्यक्ष एवं एमाले उपाध्यक्ष सुवास नेम्वाङले जनताले जनताका लागि पहिलो पटक संविधान बनाएको भन्दै पहिलाजस्तो ५, ७ वा १० वर्षमा परिवर्तन आउँछ भन्ने छ्यास्स छुस्स हल्ला अव नेपालमा काम नलाग्ने उल्लेख गर्नुभयो ।

समारोहमा राष्ट्रपति भण्डारीले ‘नेपाल ल क्याम्पस स्वर्ण सम्मान’ संविधानसभाका अध्यक्ष नेम्वाङ र डा सूर्य सुवेदीलाई प्रदान गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here