रेल्वे विधेयक, २०७९ सर्वसम्मतिले पारित


१७ असार २०७९, शुक्रबार १४:०३ मा प्रकाशित

काठमाडौँ । राष्ट्रिय सभाको बैठकले रेल्वे विधेयक, २०७९ सर्वसम्मतिले पारित गरेको छ ।

शुक्रबार बसेको बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले दफावार छलफलका लागि विधेयक प्रस्तुत गर्नुभएको थियो ।

छलफलमा क्रममा सांसदहरुले विधेयकका उल्लेख केहि बिषयमा संशोधन गर्नुपर्ने बताएका थिए । मन्त्री यादवले निश्चित समयमा ऐन कार्यान्वयनको मापन गर्दै त्यसको जानकारी सदनमा गराउने बताउनुभयो । रेलवे बोर्डको काम कर्तव्य र अधिकारका बिषयमा पनि सांसदहरुले उठाएका बिषयलाई सम्बोधन गर्ने उहाको भनाई । मन्त्री यादवले परिमार्जन गर्दै रेल्वे विधेयकमा पूर्ण बनाउने जिकिर गर्नुभयो ।

छलफलपछि बैठकले रेल्वे विधेयकलाई पारित गरेको हो । त्यस्तै बैठकले औषधि तेस्रो संशोधन विधेयक, २०७९ पनि पारित गरेको छ भने स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी पहिलो संशोधन विधेयक, २०७९ सर्वसम्मतिले पारित गरेको छ । राष्ट्रियसभाको अर्को बैठक असार २० गते बोलाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here