राष्ट्रपतिले गर्नुभयो काठमाडौंको सुन्धारामा पुगेर जगन्नाथ रथयात्राको अवलोकन


१७ असार २०७९, शुक्रबार १३:४० मा प्रकाशित

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौंको सुन्धारामा पुगेर जगन्नाथ रथयात्राको अवलोकन गर्नुभएको छ ।

नेपाल अन्तर्राष्ट्रिय कृष्णभावनामृत सङ्घ (स्कोन नेपाल)ले आयोजना गरेको सो रथयात्रामा सरिक हुँदै राष्ट्रपति भण्डारीले प्रसाद ग्रहण गर्नुभएको थियो । स्कोनको तर्फबाट नेपालका लागि प्रतिनिधि पत्रिदासले विश्वमा शान्ति कायम गर्न यात्राको आयोजना गरिएको बताउनुभयो ।

सामान्य कार्यक्रम गरेर विगतका वर्षहरूमा पनि गर्ने गरिए पनि राष्ट्रप्रमुखको सहभागितामा भने पहिलोपटक रथयात्रा गरिएको आयोजकले जनाएको छ । सुन्धाराबाट सुरु भएको रथयात्राले सहरका बिभिन्न स्थानको परिक्रमा गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here