युक्रेनमाथि पुटिनले दुष्ट काम गरेः बोरिस जोनसन


१६ असार २०७९, बिहीबार ०७:०९ मा प्रकाशित

एजेन्सी । बेलायती प्रधानमन्त्री बोरिस जोनसनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा दुष्ट काम गरेको बताउनु भएको छ । जोनसनले भन्नुभयो, ‘ मलाई लाग्छ पुटिनले युक्रेनमा जे गरेका छन, त्यो नराम्रो छ । ’

उहाँले अगाडि थप्नुभयो, ‘यो निर्दोष जनताविरुद्धको अनावश्यक आक्रमणको भयावह कार्य हो ।’

म्याड्रिडमा नेटो नेताहरुको बैठक भइरहेका बेला रुसी सेनाले युक्रेनमा आक्रमणलाई तीव्र बनाएको छ । रुसी सेनाले दक्षिणी माइकोलाइभ क्षेत्र र ब्ल्याक सीनजिक क्षेप्यास्त्र हमलाहरू र गोलाबारी गरेको छ ।

रुसले युक्रेनमाथि हमला सुरु गरेपछि देखि नै प्रधानमन्त्री जोनसनले युक्रेनको समर्थनमा बोल्दै आउनु भएको छ । उहाँले राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग नियमित टेलिफोन गर्नुका साथै हमलापछि मात्रै दुई पटक किभको भ्रमण गर्नुभएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here