राज्यमन्त्री ओलीको राजीनामा स्वीकृत भयो-मुख्यमन्त्री केसी, राजीनामा दिएकै छैन-ओली


१६ असार २०७९, बिहीबार ०७:५१ मा प्रकाशित

बुटवल । लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला ओलीले राजीनामा गरेको प्रदेश सरकारले बताइरहँदा आफूले राजीनामा नै नदिएको ओलीले बताउनु भएको छ।

अरुको घरभित्र प्रवेश गरी अर्की महिला र उनको नाबालिग छोरीलाई कुटपिट गरेको आरोपमा राज्यमन्त्री ओलीलाई पदबाट राजीनामा दिन दबाब रहँदै आएको थियो ।

‘उहाँले राजीनामा दिइसक्नु भएको छ, मैले उहाँको राजीनामा स्वीकृत गरिसकें’, बुधबार विमलाको राजीनामाबारे संसद्लाई मुख्यमन्त्री कुलप्रसाद केसीले जानकारी गराउनु भएको थियो ।

तर विमलाले आफूले राजीनामा नदिने र सरकार आफैँले कारवाही गरेर पदमुक्त गर्न भन्नु भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here