राष्ट्रले मदन भण्डारीका चारवटा गुणहरुलाई कहिल्यै बिर्सन हुँदैन : प्रदीप ज्ञवाली


१५ असार २०७९, बुधबार १९:१५ मा प्रकाशित

काठमाडौँ । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले राष्ट्रले मदन भण्डारीका चारवटा गुणहरुलाई कहिल्यै बिर्सन नहुने बताउनुभएको छ ।

मदन भण्डारीको ७१ औं जन्मजयन्तीका अवसरमा मदन भण्डारी कला–साहित्य प्रतिष्ठानले बुधबार काठमाडौंमा आयोजना गरेको राष्ट्रिय गीति एल्बम देश र शार्दूल अंक ५ को विमोचन गर्दै ज्ञवालीले नेपालको बामपन्थी आन्दोलनलाई नयाँ दिशा दिएको लगाएतका चार गुणलाई राज्यले बिर्सन नहुने बताउनुभयो ।

त्यस्तै उहाँले नेपालको प्रजातान्त्रीक आन्दोलनमा मदन भण्डारीले खेलेको भूमिका समेत महत्वपूर्ण रहेको तर्क गर्नुभयो । ज्ञवालीले देशभक्तिकोे आन्दोलनमा मदन भण्डारीको योगदान कसैले भूल्न नहुने बताउनुभयो । नेपालको बिशेषता, नेपाली समाजको बिशेषताको आधारमा बिचारको निर्माणमा मदन भण्डारीको योगदान सदैव स्मरणीय रहेको उहाँको भनाई छ । ज्ञवालीले नेपालको माटो सुहाउदो बिचार निर्माणको पक्षमा भण्डारी सदैव अग्रसर गरेको स्मरण गर्नुभयो ।

उहाँले देशप्रति गर्व गर्न सक्ने वातावरण बनाउन सवैले योगदान गर्नुपर्नेमा जोड दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here