नेपालमा थप ६२ जनामा कोरोना संक्रमण पुष्टि


१५ असार २०७९, बुधबार १७:४१ मा प्रकाशित

काठमाडौँ । नेपालमा थप ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको १ हजार ८ पिसिआर परिक्षणका क्रममा ५१ जना र ६ सय १२ एन्टीजेन परिक्षणका क्रममा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोनाका कारण बुधबार पनि कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै थप १९ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ९ लाख ६७ हजार ४ सय ४५ जना निको भएका छन् । हाल नेपालमा २ सय ६१ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here