काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले कृषियोग्य जमिनको सदूपयोग गर्नुपर्नेमा जोड दिनुभएको छ ।
धान दिवसको अवसरमा अखिल नेपाल किसान महासंघले बुधबार भक्तपुरमा आयोजना गरेको रोपाई कार्यक्रममा ओलीले कृषिप्रधान देश नेपालमा कृषिजन्य बस्तुको आयात धेरै हुनु दुखद बिषय भएको भन्दै कृषियोग्य जमिनको सदूपयोग गर्नुपर्नेमा जोड दिनुभएको हो ।
उहाँले जमिनको प्लटिङका कारण नै कृषियोग्य जमिन मासिदै गएको जिकिर गर्नुभयो । ओलीले धानका लागि जमिन हावापानी सवै अनुकुल रहेकाले उत्पादकत्व बढाउनुपर्ने उल्लेख गर्नुभयो ।
कार्यक्रममा ओलीले मेशिनका माध्यमबाट रोपाई गर्नुभएको थियो ।





