कम्युनिष्ट आन्दोलनमा बहस गर्ने धेरै बिषयहरु छन : झलनाथ खनाल


१५ असार २०७९, बुधबार १५:४९ मा प्रकाशित

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनालले नेपालको कम्युनिष्ट आन्दोलनमा बहस गर्ने धेरै बिषयहरु रहेको बताउनुभएको छ ।

बुधबार ललितपुरमा वरिष्ठ वामपन्थी नेता सिद्धिलाल सिंहको जनअभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै खनालले जहा उभियो त्यही नै बहस गरेर कम्युनिष्ट आन्दोलन अघि नबढ्ने समेत बताउनुभयो । उहाँले कम्युनिष्ट आन्दोलन बहस गर्ने उचित फोरह अहिलेसम्म बन्न नसकेको जिकिर गर्नुभयो । हतियार उठाएर मात्रै क्रान्ति नहुने भन्दै खनालले परिस्थीतिको मूल्याङ्कन गरेर समाजलाई अघि बढाउन सकिने बताउनुभयो । उहाँले नेपाली आन्दोलनमा वामपन्थी नेता सिद्धिलालले गर्नुभएको योगदानको चर्चा गर्नुभयो ।

कार्यक्रममा एमालेका नेता घनश्याम भुसालले राजनीतिलाई नीजि र सजिलोे आयको माध्यम बनाउदा समस्या देखिएको बताउनुभयो । उहाँले एमालेको बीउ, माओवादीको बीउ, समाजवादीको बीउहरु नउम्रिने रैगाने बीउ भएको भन्दै अव हाइब्रिड बीउको आवश्यकता रहेको तर्क गर्नुभयो । यसअघिको नेकपा हाइब्रिड बीउ भएको भएपनि वुद्धि पुगेन भकारीमा आगो लगाइएको उहाँको भनाई छ ।

कार्यक्रममा अन्य कम्युनिष्ट नेताहरुले कम्युनिष्ट आन्दोलनमा सिद्धिलाल सिंहले खेल्नुभएको भूमिकाको चर्चा गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here