बेरुजु फछ्र्याैटलाई अभियानका रुपमा अघि बढाइनु पर्छ : राष्ट्रपति


१५ असार २०७९, बुधबार १५:५५ मा प्रकाशित

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले बेरुजु फछ्र्याैटलाई अभियानका रुपमा अघि बढाइनुपर्ने बताउनुभएको छ ।

महालेखा परीक्षकको कार्यालयको ६४ औँ वार्षिकोत्सवका अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा महालेखा परीक्षको प्रतिवेदनले बेरुजु बढिरहेको देखाएकाले बेरुजु फछ्र्याैटलाई अभियानका रुपमा अघि बढाउदै आर्थिक अनुशासन पालना गर्नुपर्ने बताउनुभएको हो ।

महालेखापरीक्षकको प्रतिवेदनमार्फत् उठेका विषयलाई केन्द्रीय संसद्, प्रदेशसभा, र स्थानीयसभाले गम्भीर रुपमा दिनुपर्ने उहाले बताउनुभयो । सार्वजनिक वित्तीय व्यवहारमा पारदर्शीता अहिलेको आवश्यता भएको उहाको भनाई छ । राष्ट्रपति भण्डारीले मुलुकमा विकास र समृद्धिको वातावरण सिर्जना गर्न राज्यका सम्पूर्ण निकायको समन्वयात्मक प्रयास हुनुपर्ने धारणा राख्नुभयो ।

त्यस्तै अर्थमन्त्री जनार्दन शर्माले बेरुजु फछ्यौटलाई सरकारले प्रयास गरिरहेको भन्दै वित्तीय व्यवस्था सुधारलाई प्राथमिकतामा राखिएको बताउनुभयो । सार्वजनिक संस्थाहरूमा आर्थिक अनुशासन कायम गराउन पनि सरकार प्रतिवद्धत रहेको उहाको भनाइ छ ।

कार्यक्रममा महालेखापरीक्षक टङ्कमणि शर्माले यस वर्षदेखि विद्युतीय प्रणालीबाट गरिएको लेखापरीक्षणको प्रतिवेदन आउने क्रममा रहेको जानकारी गराउनुभयो । उहाँले यसबर्ष बेरुजु फछ्र्यौटमा उत्साहजजनक काम हुन नसकेको बताउनुभयो ।

उहाँले सार्वजनिक निकायको सुशासन बहालीका लागि महालेखापरीक्षकको कार्यालयको प्रतिवेदन पूर्णरुपमा कार्यान्वयन हुनुपर्नेमा जोड दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here