एन्फाको नवनिर्वाचित टिमलाई प्रधानमन्त्री देउवाको बधाई


१५ असार २०७९, बुधबार १४:०७ मा प्रकाशित

 काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अखिल नेपाल फुटबल संघ एन्फा को नवनिर्वाचित टिमलाई बधाई दिनु भएको छ ।

एन्फाका नवनिर्वाचित अध्यक्ष पंकज विक्रम नेम्वाङसहितलाई बालुवाटारमा बोलाएर प्रधानमन्त्री देउवाले बधाई दिनभएको हो ।

यसअघि टोलीलाई एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि बधाई तथा सफल कार्यकालको शुभकामना दिनु भएको थियो । कर्मा छिरिङ्ग शेर्पालाई हराउँदै नेम्वाङ एन्फाको अध्यक्षमा निर्वाचित हुनु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here