झापा । नेपाल महिला चेम्बर अफ कमर्श बुद्धशान्ति समितिको अध्यक्षमा देवकुमारी मगर (शेर्मा) सर्वसम्मत चयन हुनु भएको छ ।
विहिबार गठन भएको समितिमा बरिष्ठ उपाध्यक्षमा कमला प्रधान, वाणिज्य उपाध्यक्षमा हिमा खतिवडा, उद्योग उपाध्यक्षमा चन्द्रा न्यौपाने चयन हुनु भएको छ ।त्यस्तै महासचिवमा नर्वदा चापागाईं बाँस्कोटा चयन हुनु भएको छ ।उद्योग सचिवमा शान्ता श्रेष्ठ,वाणिज्य सचिवमा हेमा चापागाईं, कोषाध्यक्षमा मञ्जु तिम्सिना सर्वसम्मत चयन हुनु भएको छ ।
२७ सदस्यीय समितिको सदस्यमा पुनम पौड्याल, ललिता पोखरेल, अनु लिमखिम राई, उषा बराईली, दिप्ती मैनाली, भीमा कोइराला, स्मिता ठकुरी, दुर्गा मगर, गंगा लिम्बु, रिमा कोइराला, अनिता विश्वकर्मा, सेमी केसी प्रसाईं, सुमि अधिकारी, पिङ्की राय लगायत रहनु भएको छ ।
नेपाल महिला चेम्बर अफ कमर्श झापाकी अध्यक्ष प्रेमा भट्टराईको सभापतित्व तथा नेपाल चेम्बर अफ कमर्श प्रदेश नम्बर १ का अध्यक्ष राजेन्द्र घिमिरेको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा समिति सर्वसम्मत चयन भएको हो ।

झापा उद्योग वाणिज्य संघ शाखा कार्यालय बुद्धशान्तिको सभाहलमा भएको कार्यक्रममा नेपाल चेम्बर अफ कमर्श झापाका अध्यक्ष सन्तोष अग्रवाल, सदस्य प्रदीप खरेल, महिला उद्योग सचिव रेशिका शर्मा, झापा उद्योग वाणिज्य संघ शाखा कार्यालय बुद्धशान्ति अध्यक्ष रुद्र चापागाईं ,बुद्धशान्ति गाउँकार्य पालिका सदस्य दुर्गा ढुंगेल, नेकपा बुद्धशान्ति अध्यक्ष टीका पाठक, उपभोक्ता हित संरक्षण मञ्च बुद्धशान्ति अध्यक्ष धरणी पोखरेल लगायतको आतिथ्यता थियो ।
नेपाल महिला चेम्बर अफ कमर्श झापाकी महासचिव शर्मिला शाक्यले सञ्चालन गरेको कार्यक्रममा प्रमुख अतिथि घिमिरे,नेपाल चेम्बर अफ कमर्श झापाका अध्यक्ष सन्तोष अग्रवाल,झापा उद्योग वाणिज्य संघ शाखा कार्यालय बुद्धशान्तिका अध्यक्ष रुद्र चापागाईं,नेकपा बुद्धशान्ति अध्यक्ष टीका पाठक,उपभोक्ता हित संरक्षण मञ्च बुद्धशान्ति अध्यक्ष धरणी पोखरेल लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा स्वागत मन्तव्य भावना घिमिरेले राख्नु भएको थियो ।





