आफ्नो कार्यकाल सफल भएको श्रममन्त्री श्रेष्ठको दावी


१३ असार २०७९, सोमबार १२:५६ मा प्रकाशित

काठमाडौँ । निवर्तमान श्रममन्त्री किसान श्रेष्ठले आफ्नो कार्यकाल सफल भएको बताउनुभएको छ ।

सोमबार बिहान मन्त्रालयले आयोजना गरेको विदाई कार्यक्रममा श्रेष्ठले काम गर्ने सिलसिलामा ८ महिना २१ दिन सफलताका साथ सम्पन्न गरेको बताउनुभयो । उहाँले श्रम क्षेत्रमा भएका बिकृतिलाई धेरै हदसम्म अन्त्य गरिएको जिकिर गर्नुभयो । उहाँले आफुलाई मन्त्रालयका सवैले सहयोग गरेको भन्दै नयाँ मन्त्रीलाई पनि सहयोग गर्न आग्रह गर्नुभयो ।

उहाँले एक्सनमा जाँदा चर्को स्वरले चित्त दुखेको भए भूल्न पनि आग्रह गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here