काठमाण्डौं । सरकारले वृद्ध भत्ता बढाएको छ ।
आउँदो वर्षको बजेटमा सरकारले ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई मासिक भत्ता बढाएर ३ हजार र्पुयाएको छ । यसअघि वृद्धभत्ता मासिक २ हजार रुपैयाँ थियो । १३ लाख १० हजार वृद्धहरुका लागि यस वर्ष सरकारले ३ अर्ब ९३ करोड रुपैयाँ सामाजिक सुरक्षाभत्ता विनियोजन गरेको हो ।
सरकारले वृद्धवृद्धाहरुका लागि एक लाख रुपयाँ बराबरको स्वास्थ्य बीमा समेत निशुल्क उपलब्ध गराउने भएको छ ।
वृद्ध भत्ता बढ्यो, अब मासिक ३ हजार
१५ जेष्ठ २०७६, बुधबार १६:५० मा प्रकाशित





