लोकतन्त्रमाथि नै खतराको संकेत : कांग्रेस सभापति देउवा


१४ जेष्ठ २०७६, मंगलवार २२:४९ मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले लोकतन्त्रमाथि नै खतराको संकेत देखा परेको बताउनुभएको छ ।
नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्धारा मंगलबार काठमाडौंमा आयोजित गणतन्त्रको एक दशक बिषयक कार्यक्रममा सभापति देउवाले राज्यका हरेक निकायलाई नियन्त्रणमा लिएर सरकारले लोकतन्त्रमाथि हस्तक्षेप गर्न खोजेको र यसले लोकतन्त्र नै खतरामा पर्न सक्ने बताउनुभएको हो ।

उहाले सरकारले कानून बनाउने नाउमा लोकतन्त्र विरोधी बिधेयक ल्याएको पनि बताउनुभयो ।सरकारले न्यायलयमा हस्तक्षेप गरेको,प्रेसलाई नियन्त्रणमा लिन खोजेको र अन्य निकायलाई पनि आफ्नो कव्जामा लिन खोजेको उहाले आरोप लगाउनु भयो ।

सभापति देउवाले सरकार प्रजातन्त्रलाई कमजोर पार्दै गलत बाटोमा हिड्न खोजे आन्दोलन गर्नुपर्ने अबस्था आउन सक्ने चेतावनी दिनुभयो ।उहाले मुलुकमा देखिएका बिभिन्न समस्याको समधानका निम्ती काग्रेस एकढिक्का भएर अघि बढ्नुपर्ने धारणा पनि राख्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here