काठमाडौँ । शहरी विकासमन्त्री रामकुमारी झाँक्री औपचारिक रुपमा मन्त्रालयबाट बिदा हुनुभएको छ ।
आइतबार सिंहदरबारमा मन्त्रालयका कर्मचारीहरुले मन्त्री झाँक्रीलाई विदाई गरेका हुन् । बिदाई कार्यक्रममा निकै भावुक हुनुभएका झाँक्रीले आफुले मन्त्रालयमा रहदा सहज ढंगले काम गरेको बताउनुभयो । उहाँले मिडियाबाटै पार्टीले मन्त्रीपरिर्वतन गर्ने जानकारी पाएकाले पनि यसबारे प्रधानमन्त्री शेर बहादुर देउवासंग छलफल गरेको जानकारी दिनुभयो ।
पार्टी फिर्ता लिने कुरालाई कार्यान्वयन गर्ने कुरा भएपनि बजेट पारित गर्नका लागि अहिलेसम्म पदमा रहेको उहाँले बताउनुभयो ।
मन्त्रालयका सचिव रमेश प्रसाद सिंहले झाँक्रीको कार्यकालमा भएका कामका बारेमा जानकारी गराउनुभएको थियो ।





