प्रेमबहादुर आलेद्धारा आफ्नो कार्यकाल सफल भएको दावी


१२ असार २०७९, आईतवार १९:०८ मा प्रकाशित

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले आफ्नो कार्यकाल सफल भएको दावी गर्नुभएको छ ।

पदबाट राजीनामा दिएपछि आइतबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै आफुले स्वमूल्याङ्कनमा ९० प्रतिशत ल्याएको दावी गर्नुभयो । आफू प्रक्रिया भन्दा एक्सनमा विश्वास गर्ने राजनीतिक परिपार्टीमा हुर्किएको भन्दै सोही अनुरुप नै काम गरेको उहाँले बताउनुभयो ।

मन्त्री आलेले गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थाल निर्माण सम्पन्न हुनु, त्रिभुवन विमानस्थलमा निशुल्क बस सेवा सञ्चालन गरिनु उपलब्धि भएको सुनाउनुभयो । आफू मन्त्री हुँदा दर्जनौँ दबाब र आर्थिक प्रलोभन आउँदा पनि आफू प्रभावमा नपरेको उहाँले बताउनुभयो । आलेले आफुलाई मन्त्री भन्ने कुरा ठूलो नभएको भन्दै पार्टीमा आउदा पनि मन्त्रीको बार्गेनिङ नगरेको तर्क गर्नुभयो ।

उहाँले पार्टी अध्यक्ष माधवकुमार नेपालसमक्ष आफूले असार १० गते नै राजीनामा बुझाएको जानकारी पनि दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here