प्रचण्डले इमान्दारीता देखाउन नसक्दा कम्युनिष्ट पार्टी बिभाजन भएको हो : ओली


१० असार २०७९, शुक्रबार १७:५४ मा प्रकाशित

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डले इमान्दारीता देखाउन नसक्दा कम्युनिष्ट पार्टी बिभाजन भएको बताउनुभएको छ ।

शुक्रबार एमाले कार्यालय च्यासलमा भएको कार्यक्रममा ओलीले आफुले कसैलाई पाटीबाट ननिकाले भन्दै प्रचण्डले एकताप्रति इमान्दारीता देखाउन नसक्दा कम्युनिष्ट पार्टी बिभाजन भएको बताउनुभएको हो । प्रचण्डले पार्टी एकताको चरम दुरुपयोग गरेको र पार्टी अध्यक्षमाथि आरोपको पुलिन्दा बनाएको उहाको टिप्पणी छ ।

ओलीले आफुलाई पार्टीबाट आफुलाई निष्कासन गरेर पार्टी कब्जा गरेर प्रतिक्रियाबादीको सेवामा अर्पण गर्ने काम प्रचण्डले गरेपनि पार्टीलाई जोगाएको बताउनुभयो । त्यस्तै ओलीले सरकारले स्थानीय तह निर्वाचनमा राज्यशक्तिको दुरुपयोग चरम दुरुपयोग गरेपनि एमालेको जनमत नघटेको दावी गर्नुभयो ।

१५ साल यता अहिलेजस्तो राज्यशक्तिको दुरुपयोग कहिल्यै नभएको उहाको भनाई छ । उहाँले केहि सिटमा पछि परेपनि आगामी निर्वाचनमा एमाले पहिलो पार्टी हुने जिकिर गर्नुभयो । ओलील समाजवादमा पुग्ने वैचारिक स्पष्टता एमालेमा मात्रै रहेको दावी गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here