बालिकालाई बलात्कार गरेको आरोपमा एकजना पक्राउ : पाँच वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक किशोरलाई पक्राउ


९ असार २०७९, बिहीबार ११:४५ मा प्रकाशित

पाँच वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा बाराको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २२ चकरी बस्ने १८ वर्षीय एक किशोरलाई प्रहरीले पक्राउ गरेको छ ।

बालिकालाई ती किशोरले घरमा कोही नभएको अवस्थामा ललाई फकाई जंगलमा लगेर जबरजस्ती करणी गरेको आरोप छ ।

खबर प्राप्त भएपछि इलाका प्रहरी कार्यालय अमलेखगन्जबाट खटिएको टोलीले उनलाई बुधबार राति पक्राउ गरेको हो ।
घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here