मिनीट्रकको ठक्करबाट झापामा टेम्पो चालकको मृत्यु


९ असार २०७९, बिहीबार १०:३९ मा प्रकाशित

झापा । झापाको मेचीनगर नगरपालिका–१५, ज्यामिरगढीमा मिनीट्रकको ठक्करबाट टेम्पो चालकको मृत्यु भएको छ । मेचीनगर–९ का अन्दाजी ४३ वर्षीय रमेश कटुवालको मृत्यु भएको हो ।

ठक्करबाट गम्भीर घाइते हुनु भएका उहाँको उपचारको क्रममा बिर्तामोडस्थित बीएन्डसी अस्पतालमा बुधबार साँझ सवा ६ बजे मृत्यु भएको जनाइएको छ ।

कटुवालले चलाएको प्रदेश १-०१- ००१ ह ८६०१ नम्बरको सिटी सफारी टेम्पोलाई प्रदेश १-०१- ००१ क ११४६ नम्बरको मिनीट्रकले हिजो साँझ करिब पौने ६ बजे ठक्कर दिएको थियो ।

दुर्घटनापछि फरार भएका मिनीट्रकका चालकको खोजी भइरहेको प्रहरी चौकी ज्यामिरगढीले जनाएको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here