मुद्दाको विषयलाई लिएर भएको घुस प्रकरणबारे छानबिन गर्न समिति गठन


८ असार २०७९, बुधबार १७:२५ मा प्रकाशित

काठमाडौँ । न्याय परिषद्ले काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइराला र अधिवक्ता रुद्र पोखरेलबिच मुद्दाको विषयलाई लिएर भएको घुस प्रकरणबारे छानबिन गर्न समिति गठन गरेको छ ।

बुधबार बसेको न्याय परिषद्को बैठकले उक्त बिषयमा छानविन गर्न न्यापरिषद्का सदस्य रामप्रसाद श्रेष्ठको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गर्ने निर्णय गरेको हो ।

छानविन समितिमा उच्च अदालत पाटनका कायम मुकायम मुख्य न्यायाधीश महेशप्रसाद पुडासैनी र न्यायाधीश महेश शर्मा पौडेल रहनुभएको छ । समितिलाई समितिलाई ४५ दिनभित्र छानबिन गरी प्रतिवेदन बुझाउनु पर्ने समयसीमा तोकिएको न्यायपरिषद् सचिवालयका प्रवक्ता मानबहादुर कार्कीले जानकारी दिनुभयो ।

छानविन समिति गठन भएसंगै न्यायाधीश कोइरालालाई कार्यसम्पादनमा रोक लगाइएको छ । कोईरालाले जहा दरवन्दी छ, त्यहीबाट तलव बुझ्ने तर कुनै काम गर्न नपाउने प्रवक्ता कार्कीले बताउनुभयो ।

न्यायाधीश राजकुमार कोइराला र अधिवक्ता रुद्र पोखरेलबीच व्यवसायी इच्छाराज तामाङलाई धरौटीमा छुटाउनका लागि घूस लेनदेनको अडियो वार्ता सार्वजनिक भएपछि बुधबार परिषद्‍को बैठक बसेको हो ।

कोइरालाले भने समाजिक सञ्जालमार्फत आफूले अनुचित कार्य नगरेको दाबी गर्दै छानबिन गर्न माग गर्दै यसमा आफ्नो पूर्ण सहयोग हुने बताउनुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here