थप ३१ जनामा कोरोना संक्रमण पुष्टि


८ असार २०७९, बुधबार १७:३३ मा प्रकाशित

काठमाडौँ । नेपालमा थप ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको १ हजार ५ सय ७५ पिसिआर परिक्षणका क्रममा २८ जना र ८ सय ५० एन्टीजेन परिक्षणका क्रममा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोनाका कारण बुधबार पनि कसैको मृत्यु भएको छैन ।

त्यस्तै थप १० जना निको हुँदा हालसम्म नेपालमा ९ लाख ६७ हजार ३ सय ३० जना निको भएका छन् । हाल नेपालमा १ सय ४२ जना सक्रिय संक्रमित आइशोलेशनमा रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here