मूल्यबृद्धि फिर्ता लिएर सरकारले जनताको जनजिवन सहज बनाउनुपर्छ : झलनाथ खनाल


८ असार २०७९, बुधबार १७:०८ मा प्रकाशित

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पेट्रोलियम पदार्थमा भएको मूल्यबृद्धि फिर्ता लिएर सरकारले जनताको जनजिवन सहज बनाउनुपर्ने बताउनुभएको छ ।

बुधबार समाजवादी प्रेस संगठनले काठमाडौंमा जननिर्वाचित प्रतिनिधिहरूलाई बधाई तथा शुभकामना दिन आयोजित कार्यक्रममा खनालले पेट्रोलियम पदार्थमा भएको व्यापक बृद्धिले हर क्षेत्रमा मूल्यबृद्धि हुने भएकाले फिर्ता लिनुपर्ने बताउनुभएको हो ।

उहाँले जनतालाई सहूलियत प्रदान गरेर राज्यले राहत दिनुपर्ने बताउनुभयो । त्यस्तै उहाले स्थानीय तहको निर्वाचन निर्वाचनमा राष्ट्रव्यापी रुपमा उम्मेदवार उठाउन नसक्दा कम मत आएको भन्दै आफ्नो पार्टीसँग २० लाखभन्दा बढी मत रहेको दाबी गर्नुभयो । त्यस्तै गठबन्धनले अपमानजनक व्यवहार गरेकै कारण पनि कम मत आएको उहाको भनाई छ ।

खनालले जनताको समस्यालाई बुझ्लै काम गर्न जनप्रतिनिधिलाई निर्देशन दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here