दुबईका राजकुमार नेपालमा, राजकुमारद्वारा पूर्वाञ्चल क्यान्सर अस्पतालको सिटिस्क्यान उपकरण शुभारम्भ गरीने


४ असार २०७९, शनिबार १३:५९ मा प्रकाशित

काठमाडौं । दुबईका राजकुमार शेख मोहम्मद माक्तुम जुमाला माक्तुम ३ दिने भ्रमणका लागी नेपाल आउनु भएको छ ।

भ्रमणका लागि शनिवार नेपाल आइपुग्नु भएका उहाँले विर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर अस्पतालमा राखिएको पेटको सिटिस्क्यान उपकरण शुभारम्भ गर्ने बताइएको छ ।

। झापा विर्तामोडस्थित विएण्डसी अस्पताल परिसरमै खुलेको क्यान्सर अस्पताल यसअघिबाटै संचालनमा आइसकेको छ । जुन अस्पताल मेडिकल व्यवसायी दुर्गा प्रसाईँले संचालनमा ल्याउनु भएको छ ।

झापामा क्यान्सर अस्पताल खुलेसँगै क्यान्सरका बिरामीहरु काठमाडौं, चितवन तथा भारतको विभिन्न अस्पताल धाउनु परेको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here