काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले अहिलेको दलहरु असफल भइसकेको भन्दै आफ्नै पार्टी बैकल्पीक शक्तिका साथ आएको बताउनुभएको छ ।
शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमा उहाँले कांग्रेस एमाले र माओवादीको विकल्प राप्रपा नेपाल भएको समेत बताउनुभयो । उहाँले राजालाई गाली गरेर अब केही नहुने र राजसंस्था पुनस्थापनाको सम्भावना पनि सकिएको जिकिर गर्नुभयो । स्वतन्त्र उमेदवारको विजयीले दलहरुप्रति जनताको असन्तुष्टि स्पष्ट देखिएको भन्दै उहाँले नयाँ बिकल्पको रुपमा जनतासमक्ष राप्रपा नेपाललाई प्रस्तुत गरेको तर्क गर्नुभयो ।
उहाँले आफ्ना एजेण्डलाई जनतामाझ प्रस्तुत गरेर बलियो शक्ति बन्ने दावी गर्नुभयो ।





