थप ३४ जनामा कोरोना संक्रमण पुष्टि


३ असार २०७९, शुक्रबार १७:३९ मा प्रकाशित

काठमाडौँ । नेपालमा थप ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको २ हजार २ सय ३४ पिसिआर परिक्षणका क्रममा २४ जना र १ हजार ३ सय ७६ एन्टीजेन परिक्षणका क्रममा १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोनाका कारण शुक्रबार पनि कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै थप १५ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६७ हजार २ सय ७७ जना निको भएका छन् । हाल नेपालमा १ सय ४ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here