पाँचथर । पाँचथरको हिलिहाँङ गाउँपालिका वडा न.७ मध्यपहाडी लोकमार्गमा शुक्रबार मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मोटरसाईकल चालक हिलिहाङ–४ का ३६ बर्षीय रमेश योङया रहेको प्रहरीले जनाएको छ । योङयालाई लोकमार्ग अन्तर्गत एक्चेप्पा भिरमा अड्किएको अवस्थामा प्रहरीले फेला पारेका थिए ।
प्रहरीले उपचारको लागि जिल्ला अस्पताल पाँचथर पु¥याउनासाथ डाक्टरले योङयालाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरिक्षक राकेश थापाले जानकारी दिनुभयो ।
योङया बिहिबारै पल्सर मोटरसाईकलमा घरबाट सदरमुकाम फिदिम हिडेका बताइएको छ । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय पाँचथरबाट थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।





