हामी सबै मान्छे हौं, विभेद के-का लागि? – अग्नि खरेल


१ असार २०७९, बुधबार १६:५३ मा प्रकाशित

झापा नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा झापा जिल्ला इन्चार्ज अग्नि खरेलले मानिसको मानसिकतामा परिवर्तन नआएसम्म जातीय विभेद उन्मुलन कठिन भएको बताउनु भएको छ।

झापाको बिर्तामोडमा बुधबार आयोजित एमाले सम्बद्ध नेपाली उत्पीडित जातीय मुक्ति समाजको ९ औं झापा जिल्ला सम्मेलनको उद्घाटन गर्दै एमालेका स्थायी कमिटी सदस्य खरेलले सबभन्दा पहिला सबै मान्छे हौं भन्ने मानसकिताको विकास हुनुपर्ने बताउनु भयो।

पूर्व महान्यायधिवक्तासमेत रहेका खरेलले दलित समुदायमात्र बिदलिएर नहुने भन्दै विभेद अन्त्यका लागि सबैको मानसिकता बद्लिनु पर्ने बताउनु भयो।

संविधान तथा कानुनले जातीय विभेद दण्डनीय भनेको छ। तर अहिले पनि त्यस्तो विभेद समाजमा यथावत छ। केही सुधार भने नभएको होइन। तर अपेक्षित सुधार हुन नसकेको नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा झापा जिल्ला अग्नि खरेलको भनाइ छ।

नेपालको संविधान २०७२ र त्यसपछि बनेका कानुनले नेपालमा जातीय विभेदलाई दण्डनीय मानेको छ। तर बर्षौंदेखि जरा गाडेको जातीय विभेद पूर्ण अन्त्य हुन सकेको छैन।

नेपाल उत्पीडित जातीय मुक्ति समाजको ९ औं जिल्ला सम्मेलनमा भेला भएका दलित समुदायका अगुवाले सोही कुरा व्यक्त गरे। समाजका केन्द्रीय सचिव सोमनाथ पोर्तेलले एमालेको संगठनमा मात्र समाहित भएर मात्र नभइ अन्यत्रबाट पनि विभेदविरुद्धका आवाज उठाउनु पर्ने बताउनुभयो।

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here