संसदमा अर्थमन्त्रीको जवाफ एमालेले नसुन्ने


३१ जेष्ठ २०७९, मंगलवार १२:०९ मा प्रकाशित

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले प्रतिनिधिसभामा अर्थमन्त्रालयको विनियोजित बजेटको विषयमा अर्थमन्त्री जनार्दन शर्माले जवाफ दिने कार्यसूची हटाउन माग गर्नु भएको छ।

प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै प्रमुख सचेतक भट्टराईले अर्थमन्त्री शर्माले  दिने जवाफमा एमाले भाग नलिने भन्दै कार्यसूचीबाट हटाउनु माग गर्नु भएको हो।

उहाँले बजेट निर्माण गर्ने क्रममा अर्थमन्त्रीले अमुक मान्छे राखेर करका दर हेरफेर गरेकोप्रति गम्भीर प्रश्न उठेकाले अब एमाले अर्थमन्त्रीको जवाफ सुन्न र छलफल गर्न तयार नभएको बताउनुभयो।

‘हिजोबाट नै संसदमा अर्थमन्त्रीको विषय प्रवेश गराएका छौं । यति गम्भीर विषयमा प्रमुख प्रतिपक्ष दलले संसदमा उभिएर अबजेक्सन गरिसकेपछि सभामुखले विनियोजन विधेयकमाथिको छलफल जारी राख्ने भन्दै कार्यसूचीको ९ नम्बरमा अर्थमन्त्रालय राख्नु भएको रहेछ’, उहाँले भन्नुभयो, ‘जब अर्थमन्त्रीज्यूको काम क्रियाकलापमाथि यति गम्भीरतापूर्वक प्रश्न उठेपछि एमालेको तर्फबाट अर्थमन्त्रीको जवाफ सुन्न र छलफल गर्न विल्कुलै तयार छैन।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here