फिदिम नगरपालिकाले नगरका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न सरोकारवालाहरु सित छलफल अन्तरक्रिया कार्यक्रम गर्न शुरुवात गरेको छ ।
फिदिममा जनप्रतिनिधी र नगरका विभिन्न सामुदायिक विद्यालयका प्रअ वीच छलफल अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको हो ।
शैक्षिक क्षेत्रको गुणस्तर सुधार्नको निम्ति प्रअहरुको राय,सल्लाह सुझाव लिनको निम्ति उक्त कार्यक्रमको आयोजना गरिएको फिदिम नगर प्रमुख मित्रप्रसाद काफ्लेले बताउनुभयो ।
सरोकारवालाहरु वीचको छलफल पछि शैक्षिक क्षेत्रको गुणस्तर सुधारको निम्ति दुई वटा निर्णय र सो अन्र्तगत ४१ बुदे प्रतिवद्धता पत्र जारी गरिएको छ ।
विद्यालयको भौतिक पूर्वाधार निर्माण गर्न भूगोल र आवश्यकताको पहिचान गरी प्राथामिक्ताको आधारमा नगर शिक्षा समितीले सिफारिस गरी फिदिम नगरपालिकाको कार्यपालिका वैठक बाट निर्णय गरी विज्ञ समिती गठन गरी डि.पी.आर. तयार गर्ने निर्णय गरिएको फिदिम नगर उपप्रमुख राधाकृष्ण न्यौपानेले बताउनुभयो ।
विद्यालयको गुणस्तरीय शिक्षाको लागि ४१ बुद्धे प्रतिवद्धतापत्र कार्यान्वयन गर्न सवै विद्यालयका प्र.अ.ह?ले सहमति जनाई हस्ताक्षर गरेको फिदिम नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गणेश दाहालले बताउनुभयो ।
विद्यालय अनिवार्य ?पमा २ सय २० दिन खोल्ने र न्यूनतम १ सय ९२ देखि २ सय १० दिन पठनपाठन गर्न लगाउने,विद्यालय परिषर तथा कक्षाकोठामा शैक्षिक प्रेररणामूलक उद्गारह?को लेखन गर्ने,शैक्षिक उन्नयनको लागि प्रत्यके शिक्षकह?ले एक शैक्षिक सत्रमा कम्तीमा एक वटा कार्यमूलक अनुसन्धान तथा अध्ययन गर्ने गराउने निर्णय गरिएको फिदिम नगर शिक्षा शाखा प्रमुख निर्मला दाहालले बताउनुभयो ।





