दाङ । महिलामाथि हातपात गरेको आरोपमा लुम्बिनी प्रदेशका स्वास्थ्य राज्यमन्त्री विमला वली पक्राउ पर्नु भएको छ ।
तुलसीपुर उपमहानगरपालिका–५ बसपार्कमा रहेको एकराज बस्नेतको घरमा पुगेर वलीले बस्नेतको श्रीमती र छोरीलाई कुटपिट गरेको आरोप लागेको छ ।
स्थानीय बासिन्दाले ओलीले कुटपिट गरेको खबर गरेपछि प्रहरीले उहाँलाई पक्रेको हो ।
घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । ओली बिहान लु १ झ ५३७ नम्बरको सरकारी गाडी चढेर त्यहाँ पुग्नु भएको थियो ।





