आफ्नो नेतृत्व आपै चयन गर्न प्रेरित गर्ने उद्देश्यले बिर्तामोडको मनकामना माध्यमिक विद्यालयले एक कार्यक्रमका बिच मतदान कार्य सम्पन्न गरेको छ ।
निर्वाचन कार्यक्रम मार्फत बिद्यालयमा अध्यनरत बिद्याथीहरुले क्याप्टेन तथा भ्वाइस क्यापटेन निर्वाचित गरेका छन् । मतदान कार्यमा बिद्यालयका ३ सय ७१ विद्यार्थीहरु सहभागी भएका थिए ।
मतदानबाट क्याप्टेन ग्रिन हाउस सन्देश मगर, भाईस क्याप्टेन प्रज्वल बराईली, क्याप्टेन रेड हाउस स्मारिका बर्देवा, भाईस क्याप्टेन प्रसान्त श्रेष्ठ, क्याप्टेन ब्लु हाउस गरिमा हजाम, भाईस क्याप्टेन रोजिना खत्री येल्लो हाउसका स्वीकृति बास्तोला क्याप्टेन र रितिका खड्का भाईस क्याप्टेन लगायत निर्वाचित हुनु भएको छ ।
कार्यक्रमबाट प्रक्रियागत निर्वाचन सम्बन्धिको जानकारी, नेतृत्व चयनमा जनचेतना सहीतको सृजनात्मक अभ्यासले प्रभावकारी भुमिका खेल्ने पर्यवेक्षक कुमार थपलियाले बताउनु भयो ।
शिक्षित वर्गको सुरुवाती चरण बालबालिका भएकाले विद्यालय स्तरबाट नै प्रयोगात्मक नमुना मतदान शिक्षा आवश्यक रहेको मनकामना मा.वि.का प्रधानाध्यापक केशव ढुङगानाले बताउनु भयो ।
बालबालिकाले नेतृत्व छनोटका लागी मतदान प्रकृयामा उभिएर मतदान गरीरहँदा शिक्षा सँंगै मतदानको प्रयोगात्मक अभ्यास हुने हुनाले यो एकदमै प्रभावकारी रहेको बालबालिका तथा शिक्षा सञ्चार मञ्चका संयोजक सरोज पौडेलले बताउनु भयो । बाल मैत्रि शिक्षालाई प्रभावकारी बताउन यस किसिमका कायक्रमको आवश्यकता रहेको निर्वाचन आयोग भद्रपुरका प्रतिनिधि देवीचरण भण्डारीले बताउनु भयो ।





