आठ क्वीन्टल चिनीसहित दुई जना पक्राउ


३१ जेष्ठ २०७९, मंगलवार ०८:२२ मा प्रकाशित

बुटवल । आठ क्वीन्टल चिनीसहित दुई जना रुपन्देहीबाट पक्राउ परेका छन् ।

सोमबार राति करिब १० बजे रुपन्देहीको सैनामैना नगरपालिका वडा नम्बर १ भच्कैयाबाट उनीहरु पक्राउ परेका हुन् ।

इलाका प्रहरी कार्यालय सालझण्डीका प्रमुख प्रहरी निरीक्षक जगन्नाथ मरासिनीको कमाण्डमा खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा अर्घाखाँचीको पाणिनी गाउँपालिका वडा नम्बर २ का २२ वर्षीय मिनबहादुर रास्कोटीलाई पक्राउ गरेको हो ।

सालझण्डीबाट पाल्पातर्फ जाँदै गरेको लु ३ च ११३३ नम्बरको बलेरो पिकअपमा भन्सार राजश्व छलेर ल्याएको आठ क्वीन्टल चिनी फेला पारी बरामद गरिएको प्रहरी निरीक्षक मरासिनीले जानकारी दिनुभयो ।

बरामद गरिएको उक्त चिनी रुपन्देहीको कन्चन गाउँपालिका वडा नम्बर १ हात्तीबजारस्थित सुमन पन्तले सञ्चालन गरेको आरती किराना पसल तथा सावित्री ट्रेडर्सबाट ल्याएको बताएपछि आरती किराना पसलमा गई खानतलासी गर्दा भन्सार छली गरी लुकाई राखिएको अवस्थामा थप तीन क्वीन्टल चिनी बरामद भएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here