चलचित्र कबड्डी-४ विरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी


३० जेष्ठ २०७९, सोमबार १९:२१ मा प्रकाशित

काठमाडौं । बाँसुरी फिल्मस्‌द्वारा निर्मित चलचित्र ‘कबड्डी-४: द फाइनल म्याच’ विरुद्ध जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा उजुरी परेको छ।

ठूलोपाखर-१, सिन्धुपाल्चोकका रोविनकुमार लामाले जेठ ३० गते उजुरी दर्ता गरेको जिल्ला प्रशासन कार्यालय काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले जानकारी दिनुभयो।

चलचित्रका कतिपय दृश्य काँटछाँट तथा हेरफेरको आदेश माग गर्दै निवेदन दिएको लामाले बताए।

कतिपय दृश्यले बौद्ध धर्मबारे गलत सन्देश जाने भएकाले आफूले उजुरी दर्ता गरेको उहाँको भनाइ छ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here