नेपालमा थप १५ जनामा कोरोना संक्रमण पुष्टि


३० जेष्ठ २०७९, सोमबार १६:५५ मा प्रकाशित

काठमाडौँ । नेपालमा थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको २ हजार ८६ पिसिआर परिक्षणका क्रममा ९ जना र १ हजार १ सय २५ एन्टीजेन परिक्षणका क्रममा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोनाका कारण सोमबार पनि कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै थप १३ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६७ हजार १ सय १७ जना निको भएका छन् । हाल नेपालमा १ सय २ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here