इटहरीको एकता टोलमा चितुवा फेला पर्यो, स्थानीयबासी त्रसित


३० जेष्ठ २०७९, सोमबार १०:४४ मा प्रकाशित

इटहरी । इटहरी उपमहानगरपालिका–९ र ६ को सिमामा रहेको एकता टोलको एक घरमा बिहान चितुवा फेला परेको छ ।

जुटबिकास नजिकै रहेको मनोहर कार्कीको घरमा बिहान देखा परेको चितुवा अर्को घरमा पनि पसेको छ । बिहान देखा परेको चितुवा अहिलेसम्म नियन्त्रणमा आउन नसक्दा चितुवा हेर्नेको ठुलो भिड लागेको छ ।

चितुवा एउटा घरको कम्पाउन्ड भित्रको एउटा चेपमा लुकेर बसेको बताइएको छ । अहिले सम्म चितुवालाई नियन्त्रणमा लिन नसक्दा स्थानीयवासी त्रसित भएका छन् ।

चितुवा नियन्त्रण र सुरक्षाका लागि इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी, सशस्त्र प्रहरी , जिल्ला वन कार्यालयका कर्मचारीहरू अहिले खटिएका छन् । चितुवा हेर्नेहरूको भीडलाई नियन्त्रण गर्न प्रहरीलाई हम्मे हम्मे परेको छ ।

कोसी टप्पु वन्य जन्तु आरक्षबाट चितुवा नियन्त्रणका लागि जाली सहितको विज्ञ टोली बोलाइएको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here