आईजीपी बढुवा विवाद मुद्दामा आज सुनुवाइ हुँदै


३० जेष्ठ २०७९, सोमबार १०:१० मा प्रकाशित

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) बढुवा विवाद मुद्दामा आज सुनुवाइ हुँदैछ । धिरजप्रताप सिंहलाई महानिरीक्षक बनाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा जेठ १७ गतेदेखि अन्तिम सुनुवाइ सुरु भएकोमा आजका लागि पेसी तोकिएको थियो ।

सरकारले पहिलो वरियतामा रहेका एआईजी विश्वराज पोखरेललाई महानिरीक्षक नबनाई तेस्रो वरियता क्रममा रहेका सिंहलाई आईजीपी बनाएपछि यो विवाद अदालतमा पुगेको थियो ।

यसअघि विपक्षीका नाममा म्याद तामेल हुन नसक्दा पूर्ण सुनुवाइ हुन सकेको थिएन । नियमित पेसी अन्तर्गत जेठ १७ गते न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र डा कुमार चुडालको संयुक्त इजलासमा परेको रिट निवेदनमा पुनः ७ दिनको समय दिएर म्याद तामेल गर्ने आदेश दिइएको थियो ।

सर्वोच्चले आदेश भएको मितिले ७ दिनभित्र प्रत्यक्ष भेटेर वा फ्याक्स वा इमेलमार्फत् म्याद तामेल गर्दै त्यसको तीन दिनभित्र लिखित जवाफ पेश गर्न आदेशमा भनिएको थियो । सबै प्रक्रिया सकिएपछि जेठ ३० गतेका लागि सुनुवाइको मिति समेत तोकिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here