एमालेको केन्द्रीय सचिवालय बैठक आज बस्दै


३० जेष्ठ २०७९, सोमबार ०७:१८ मा प्रकाशित

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा एमालेको सचिवालय बैठक सोमबार बस्ने भएको छ।

सोमबार बस्ने बैठकमा स्थानीय निर्वाचनको समीक्षा मुख्य एजेण्डा रहेको बताइएको छ।

साथै गठन हुन बाँकी विभागको विस्तार र नवनिर्वाचित जनप्रतिनिधिको प्रशिक्षण पनि बैठकको छलफलका विषय रहेको नेताहरूले जनाएका छन्।

आज दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय च्यासलमा बैठक बस्न लागेको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here