श्रम मन्त्रालयद्वारा पाँच वर्षे रणनीतिक योजना तयार


२९ जेष्ठ २०७९, आईतवार १४:२४ मा प्रकाशित

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रालयले पहिलोपटक पाँच वर्षे रणनीतिक योजना तयार गरेको छ ।
आगामी आर्थिक वर्ष २०७९ । ०८० देखि ८३। ८४ मा सम्पादन हुने विभिन्न क्रियाकलाप समेटेर पाँच वर्षे रणनीतिक योजना तयार गरिएको हो ।
मन्त्रालयबाट सम्पादन हुने क्रियाकलापको मार्गदर्शन गर्न र कामलाई नतिजामूलक बनाउन पाँच वर्षे रणनीतिक योजना तयार गरिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले बताउनुभयो ।

विभिन्न सरोकारवाला पक्षसँग छलफल गरिसकिएको र प्राप्त सुझावहरूलाई समेटेर रणनीतिलाई अन्तिम स्वरूप दिने उहाँको भनाइ छ ।

रणनीतिक योजनामा आन्तरिक रोजगारी प्रवद्र्धन, वैदेशिक रोजगार व्यवस्थापन, श्रम सम्बन्ध तथा व्यवसायजन्य सुरक्षा, व्यवसायिक सीप विकास तालिम, योगदानमा आधारित सामाजिक सुरक्षा, सुशासन प्रवद्र्धन तथा श्रम कुटनीति गरी छ वटा स्तम्भ राखिएको छ ।

श्रम सम्बन्ध तथा व्यवसायजन्य सुरक्षातर्फ श्रम प्रशासनसँग सम्बन्धित कानूनहरुलाई समसामयिक बनाउने, श्रमको उत्पादन र उत्पादकत्व वृद्धि गर्ने, असल औधोगिक श्रम सम्वन्ध कायम गर्ने, श्रम अभ्यासलाई मर्यादित बनाउँदै, व्यवसायिक सीप विकास तालिमतर्फ अन्तर्राष्ट्रिय श्रम बजारमा प्रतिस्पर्धा गर्न योग्य जनशक्तिको माग र आपूर्ति बिच सन्तुलन कायम गर्ने, व्यवसायिक तथा सीपमूलक तालिममा नागरिकको सहज पहुँच स्थापित गर्नुका साथै तालिमलाई
आर्थिक वर्ष ०८३ । ०८४ सम्म प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत बार्षिक ४ लाखरोजगारी सृजना गर्ने, द्धिपक्षीय श्रम सम्झौता भएका मुलुकको संख्या १९ पुर्याउने, सातवटा सीप विकास तालिम प्रतिष्ठानहरू स्थापना गर्ने, सामाजिक सुरक्षा कोषमा आवद्ध हुने श्रमिकको संख्या १० लाख पुर्याउने, विदेशस्थित कुटनीतिक नियोगहरुबाट १२ वटा सेल्टर हाउस सञ्चालन गर्ने अपेक्षित उपलब्धिको आकंलन गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here