पहिरोका कारण नारायणगढ मुग्लिन सडक अवरुद्ध


२६ जेष्ठ २०७९, बिहीबार ०९:२१ मा प्रकाशित

काठमाडौं । पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ ।

चितवनको इच्छाकामना गाउँपालिका–६ तोपेखोलास्थित नाम्सी पुलमा पहिरो खसेपछि बुधबार रातिदेखि सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

पहिरोका कारण दुई तर्फी सवारी आवागमन अवरुद्ध भएको छ । सडक अवरुद्ध भएपछि बुधबार बस चढेका यात्रुहरू अलपत्र परेका छन् ।

अवरुद्ध भएको सडक २ ओटा जेसीबी प्रयोग गरेर पहिरो हटाउने प्रयास भइरहेता पनि पानी परिरहेको र पहिरो समेत झरिरहेको कारण पहिरो हटाउन केही समय लाग्ने इलाका प्रहरी कार्यालय मुग्लिङले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here