विश्वकप लिग टु अन्र्तगत नेपाल र ओमान भिड्ने


२६ जेष्ठ २०७९, बिहीबार ०८:१३ मा प्रकाशित

काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गतको सिरिजका लागि अमेरिकामा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज बिहीबार पहिलो खेल खेल्दैछ ।

मोसा क्रिकेट मैदानमा नेपालले ओमानविरुद्ध खेल्दै त्रिकोणात्मक सिरिजको सुरुआत गर्नेछ । नेपाल र ओमानबीचको खेल नेपाली समय अनुसार राति ९:१५ बजे सुरु हुनेछ ।

लिग टु मा ओमान ३२ खेलमा ४० अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।

नेपाल भने १२ खेलमा १२ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।

सिरिज अन्तर्गत नै नेपालले दोस्रो खेल अमेरिकाविरुद्ध जुन ११ मा खेल्नेछ ।

नेपालले तेस्रो खेलमा फेरि ओमानविरुद्ध जुन १४ र अन्तिम खेलमा नेपालले अमेरिकाविरुद्ध जुन १५ मा खेल्ने तालिका रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here