स्थानीय तहको निर्वाचनमा गठबन्धनलाई भरोषा गर्दा धोका भयो : माधवकुमार नेपाल


२५ जेष्ठ २०७९, बुधबार १८:०१ मा प्रकाशित

काठमामण्डौ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले स्थानीय तहको निर्वाचनमा गठबन्धनलाई धेरै भरोषा गर्दा धोका भएको बताउनुभएको छ ।

बुधबार काठमाडौंमा पार्टी विद्यार्थी जिल्ला विशेषको सपथ ग्रहण कार्यक्रममा अध्यक्ष नेपालले गठबन्धनलाई धेरै भरोषा गर्दा धोका भएको र आफ्नै बलमा चूनाव उठेको भए धेरै स्थान बिजयी गर्ने दावी गर्नुभयो ।

उहाले स्थानीय तहको निर्वाचनबाट पाठ सिक्दै आगामी निर्वाचनका लागि पार्टी पार्टी निर्माण कार्यलाई तीव्रता दिने धारणा पनि राख्नुभयो । अध्यक्ष नेपालले गठबन्धनको भविष्य छैन भन्नेका पछाडि नलाग्न आग्रह गर्दै कमीकमजोरीको आलोचना गर्ने बताउनुभयो । त्यस्तै पार्टीका मन्त्रीहरु परिवर्तनमा बिषयमा कोहि पनि असन्तुष्ट नरहेको दावी गर्नुभयो ।

उहाले मन्त्री परिवर्तन गर्ने दवाव अरु दलमा पनि आएको हुनसक्ने भएकाले तर्क गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here