इस्लामाबाद । पाकिस्तानका पूर्वप्रधानमन्त्री तथा पीटीआई अध्यक्ष इमरान खानले वर्तमान शेहबाज सरकारले आफूलाई जेल हाल्ने प्रयास गरेको आरोप लगाउनु भएको छ ।
पीएमएल –एन नेतृत्वको वर्तमान सरकारले निर्वाचन घोषणा नगरेसम्म वास्तविक स्वतन्त्रताका लागि आफ्नो पार्टी आन्दोलन नरोकिने बताउनु भएको छ।
‘सरकारले मलाई थुन्ने प्रयास गरिरहेको छ, ताकि यो आन्दोलन रोक्न सकियोस् ’, इस्लामाबादस्थित आफ्नो बानिगाला निवासमा आफ्नो पार्टीको वकिल मञ्चलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो । वर्तमान सरकार विदेशी षडयन्त्रमार्फत शक्तिमा आएकोसमेत उहाँले दाबी गर्नुभयो ।
’नक्कली’ फर्स्ट इन्फर्मेशन रिपोर्टमा पक्राउ परेमा आफ्ना समर्थकहरूलाई कुनै पनि परिस्थितिका लागि तयार रहन उहाँले आग्रह गर्नुभयो।





