स्थानीय तहको गठबन्धनबीचको चूनावी तालमेलमा आशंका नगर्न आग्रह : विश्वप्रकाश शर्मा


२० जेष्ठ २०७९, शुक्रबार १२:५१ मा प्रकाशित

काठमाण्डौ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले स्थानीय तहको गठबन्धनबीचको चूनावी तालमेलमा आशंका नगर्न आग्रह गर्नुभएको छ ।

शुक्रबार भक्तपुरमा स्थानीय तहको निर्वाचनमा कांग्रेसका तर्फबाट बिजयीहरुलाई बधाई तथा सम्मान कार्यक्रममा शर्माले चूनावमा तालमेल प्रभावकारी भएको भन्दै आशंका नगर्न आग्रह गर्नुभएको हो ।

उहाले कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले तालमेलकै कारण केहि सिटमा जीत हासिल गरेको तर्क गर्नुभयो । शर्माले सवै स्थानीय तहमध्ये केहिमा मात्र तालमेल भएको भन्दै तालमेलमा हल्ला धेरै भएको जिकिर गर्नुभयो । उहाले स्थानीय तहमा प्रभावकारी रुपमा काम गर्न जनप्रतिनिधिलाई सुझाव दिनुभयो ।

उहाले मुलुकको बिकासका लागि स्थानीय तहको भूमिका महत्वपूर्ण हुने भन्दै पाँच बर्षको कार्यकालको सहि रुपमा उपयोग गर्न पनि निर्देशन दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here