तारा एयरको विमान दुर्घटनामा ज्यान गुमाएकाहरूको शव आज परिवारलाई सुम्पिइँदै


१९ जेष्ठ २०७९, बिहीबार ०९:४९ मा प्रकाशित

काठमाडाैँ । तारा एयरको विमान दुर्घटनामा ज्यान गुमाएकाहरूको शव आज परिवारलाई सुम्पिइँदैछ।

सरकारले दुर्घटनामा निधन भएका २२ जनाको पोस्टमार्टम सकिएकोले आज परिवारलाई शव बुझाउन लागिएको हो।

गत जेठ १५ गते कास्कीको पोखराबाट मुस्ताङको जोमसोम जान उडेको तारा एयरको नाइनएनएइटी ट्विनअटर विमान मुस्ताङको थासाङ गाउँपालिका २ को सानुसरे पहाडमा ठोक्किएर दुर्घटना भएको थियो।

दुर्घटनामा चालक दलका तीन सदस्यसहित १३ जना नेपाली र ४ भारतीय र २ जर्मनी नागरिकको निधन भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here