झापा । तत्कालीन राजा वीरेन्द्र शाहसँगै उनको वंश विनाश हुने गरी नारायणहिटी दरबार हत्याकाण्ड भएको २१ वर्ष पूरा भए पनि उक्त हत्या किन र कस्ले गर्यो भन्ने अहिलेसम्म पत्ता लागेको छैन। उक्त हत्याकाण्ड हालसम्म रहस्मै छ।
२०५८ जेठ १९ गते साँझ नारायणहिटी राजदरवारभित्र तत्कालीन राजा वीरेन्द्र शाहको वंश विनास हुने गरी हत्याकाण्ड भएको थियो ।
हत्याकाण्डमा राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दिपेन्द्र, राजकुमार निराजन, राजकुमारी श्रुतीसहितको निधन भएको थियो । तत्कालीन युवराज दिपेन्द्रले परिवारका सदस्यहरुलाई गोलीले उडाएको र पछि आफैलाई गोली हानेको भनेर छानविन प्रतिवेदन सार्वजनिक भएको थियो । तर त्यसलाई अधिकांश नेपालीले पत्याएका छैनन् ।
पारिवारिक जमघटका बेला भएको घटनामा राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, राजकुमार निराजन, राजकुमारी श्रुति, राजकुमार धिरेन्द्र, राजकुमारी जयन्ती, राजकुमारी शान्ती, राजकुमारी शारदा, कुमार खड्ग र अन्य राजपरिवारका सदस्यहरूको हत्या भएको थियो ।





