दुई थान भरुवा बन्दुकसहित दुई जना पक्राउ


१८ जेष्ठ २०७९, बुधबार ११:५१ मा प्रकाशित

बैतडी । डिलासैनी गाउँपालिका–४ नुवाकोट भन्ने स्थानबाट दुई थान भरूवा बन्दुकसहित दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा दोगडाकेदार गाउँपालिका–८ बस्ने ४० वर्षीय हिक्मतबहादुर बिष्ट र डिलासैनी गाउँपालिका–४ नुवाकोट बस्ने २१ वर्षीय राजेन्द्रबहादुर बिष्ट रहेका छन् ।

प्रहरी चौकी धामीगाँउबाट खटिएको टोलीले उनीहरूलाई चौसालको जंगलबाट मंगलबार दुई वटा जंगली घोरल मारी ल्याउँदै गरेको अवस्थामा बन्दुकसहित पक्राउ गरेको हो ।

वन कार्यालयसँग समन्वय गरी आवश्यक अनुसन्धान गरिरहेकोप्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here