काठमाडौंबाट भद्रपुर उडेको बुद्ध एअरको विमानमा समस्या, उडेको केही मिनेटमै काठमाडौं फिर्ता


१८ जेष्ठ २०७९, बुधबार ११:५९ मा प्रकाशित

झापा । काठमाडौंबाट झापाको भद्रपुरका लागि उडेको बुद्ध एयरको विमानमा समस्या देखिएपछि काठमाडौं नै फिर्ता भएको छ।

काठमाडौंबाट उडेको १०/१२ मिनेटमा प्राविधिक समस्या देखिएपछि काठमाडौं फिर्ता भएको नागरिक उड्डयन कार्यालय चन्द्रगढी विमानस्थलले जनाएको छ।

कार्यालयका प्रवक्ता किशोर खत्रीका अनुसार भद्रपुरका लागि १० बजेर ४३ मिनेटमा उडेको जहाज काठमाडौं फिर्ता भएको हो।

काठमाडौं विमानस्थलमा जहाज सकुशल अवतरण भएको छ। जहाजमा देखिएको समस्याका बारेमा जाँच भइरहेको बताइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here