सरकारले परिवार नियोजन कार्यक्रमका लागि पर्याप्त बजेट छुट्याए पनि प्रत्येक बर्ष बन्ध्याकरण गराउनेको सख्या कमी


१७ जेष्ठ २०७९, मंगलवार १९:४७ मा प्रकाशित

झापा। स्वास्थ्य कार्यलय झापा र बुद्व हेल्थ एजुकेशनको सयुंक्त आयोजनामा झापाको चारपानेमा परिवार नियोजन सम्बन्धि एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

अन्तरक्रिया कार्यक्रमको राष्ट्रिय नेपाल स्वास्थ्य शिक्षा सुचना तथा सञ्चार केन्द«का स्वास्थ्य शिक्षा अधिकृत इन्द«बहादुर बाँनिया, शाखा अधिकृत दिपक रिजाल, स्वास्थ्य कार्यलय झापाका प्रमुख युवराज घिमिरे, स्वास्थ्य विभागका फोकल पर्सन शशी कुमार भटराई लगायतले सहजीकरण गर्नु भएको थियो ।

गैर सरकारी र सरकारी सस्थांबाट आर्थिक बर्ष २०७५÷७६ मा बन्ध्याकरण गराउनेको सख्या ६ हजार ६ सय रहेकोमा ७७÷७८ मा आईपुग्दा त्यो संख्या ४ हजार १ सय ९० मा पुगेको जनाइएकोे छ । झापाका १५ पालिकालाई केन्दि«त गरी सरकारले बन्ध्याकरणका लागि कुल ३४ लाख २३ हजार रुपैयाँ बिनियोजन गरेको छ ।

तर, प्रत्येक बर्ष परिवार नियोजन गर्नेको सख्यामा कमी आउदै जानुमा डाक्टरहरुलाई भने अनुरुपको सरकारी सेवा सुविधा प्रदान नगरीनु, कोरोनाको प्रभाव, स्वास्थ्यमा दुर्वलता आउन सक्ने मानसिकता लगायत प्रमुख कारण रहेको फोकल पर्सन भटराईले बताउनु भयो ।

पछिल्लो समय जनसख्या बृद्वी भइरहेकोमा उपलब्ध स्वास्थ्य सेवाको प्रयोग गरी सञ्चार माध्यमबाट सचेतना अभिबृद्वी गर्दै परिवार नियोजनको सुुचकाङ्कलाई बढाउन सबैले पहल गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

२०५१ सालमा नेपाल सरकारले प्रमुख प्रथमिकतामा राखेर परिवार नियोजन कार्यक्रम सञ्चालनमा ल्याएको थियो । नेपाल स्वास्थ्य शिक्षा सुचना तथा सञ्चार केन्द्रको बार्षिक लक्ष्य अनुरुप ९ वटा जिल्लामा यो अभियान सञ्चालन गरीएको स्वास्थ्य शिक्षा अधिकृत बानिया जानकारी दिनु भयो  ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here